कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

१८ प्रतिशत घट्यो मुलुकको ब्यापार घाटा

काठमाडौँ — मुलुकको ब्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा मुलुकको कुल ब्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोडमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ब्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड पुगेको थियो ।

१८ प्रतिशत घट्यो मुलुकको ब्यापार घाटा

सरकारले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म नै केही वस्तुको आयात प्रतिबन्ध गरेका कारण मुलुकको समग्र आयात गत वर्षको तुलनामा घट्न जाँदा ब्यापार घाटामा कमी आएको हो । मंसिर मसान्तसम्म प्रतिबन्ध गरिएका चार पांग्रे सवारी, महँगा मोबाइल, १५० सीसीमाथिका मोटरसाइकल तथा मदिराको आयात पुसदेखि खुला भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा कुल ६ खर्ब ६४ अर्ब ७४ करोडको वस्तु आयात भएको छ भने ६७ अर्ब ३० करोडको निर्यात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात २०.७ प्रतिशत कमी हो भने निर्यात ३४.६१ प्रतिशतले कमी हो ।


प्रकाशित : पुस ७, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×