कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

१ अर्ब ११ करोडको सेयर कारोबार हुँदा नेप्से स्थिर 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा २५ करोड बढी हो । ७६ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ११ को स्थिर रहृयो । बजारको परिसूचक नेप्से भने बुधबारकै अंक १८६७ मा स्थिर रहृयो । जम्मा ०.०१ अंकले नेप्से घटेको हो ।

१ अर्ब ११ करोडको सेयर कारोबार हुँदा नेप्से स्थिर 

बैंकिङ १ र अन्य उपसमूह ३० अंक बढे । विकास बैंक १७, फाइनान्स १०, होटल तथा पर्यटन ६२, जलविद्युत् ११, जीवन बीमा ३७, उत्पादन १, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २१ र ब्यापार उपसमूह २० अंक बढे ।

सिर्जनशील र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । आदर्श लघुवित्त र कालिका पावरको ८ प्रतिशत बढ्यो । आधिखोला लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे । टेलिकमको कारोबारमा यस दिन उच्च उतारचढाव देखिएको छ । कम्पनीले गत आवको नाफाबाट ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । दिनभर कारोबार हुँदा न्यूनतम प्रतिकित्ता ८६० रुपैयाँसम्म झरेको मूल्य कारोबार बन्द हुने बेला बढ्दै गई ९५३ रुपैयाँमा पुग्यो ।


प्रकाशित : पुस ७, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×