कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८३ ‘ज’ बिक्री गर्न बोलकबोल आह्वान गरेको हो । परिपक्व अवधि चार वर्ष रहेको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली  नागरिकले खरिद गर्न सक्नेछन् ।

पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

आज (पुस ५ गते) बोलकबोल हुने उक्त ऋणपत्रको निष्कासन भोलि (पुस ६ गते) हुनेछ । ऋणपत्रको ब्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनेपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

‘ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्,’ सूचनामा भनिएको छ, ‘राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीका रुपमा भाग लिन पाउने छैनन् ।’

यस्तै, प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ ।इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् । अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने सूचनामा उल्लेख छ ।

चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । सोही लक्ष्य अनुसार पहिलो चरणमा ३० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । जसअनुसार राष्ट्र बैंकले मंसिर दोस्रो सातादेखि पुस दोस्रो सातासम्म ट्रेजरी विल्स र विकास ऋणपत्र मार्फत् ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका यसअघि नै सार्वजनिक गरिरकेको छ । सोही क्रममा आज ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्नका लागि बोलकबोल आह्वान भएको हो ।

प्रकाशित : पुस ५, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?