कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धेरै निक्षेप बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि, कर्जामा इन्भेस्टमेन्ट [सूची]

काठमाडौँ — यो आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ७९ अर्ब १२ करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड निक्षेप संकलन भएकोमा मंसिर मसान्तसम्म आउँदा ४६ खर्ब २० अर्ब ५५ करोड कायम भएको छ ।

धेरै निक्षेप बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि, कर्जामा इन्भेस्टमेन्ट [सूची]

यो ५ महिनाको अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २० अर्ब ५१ करोड निक्षेप थपेको छ । निक्षेप धेरै बढाउनेमा राष्ट्रिय वाणिज्यपछि नबिल र स्टान्डर्ड चार्टड क्रमशः छन् । समग्र निक्षेपमा केही सुधार देखिए पनि कर्जा विस्तार अझै सुस्त छ ।

५ महिनामा जम्मा ४८ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा हुन झण्डै ५ खर्ब कर्जा विस्तार हुनुपर्छ । तर ५ महिनामा ५० अर्ब पनि पुग्न सकेको छैन । यसले समग्रमा कर्जा विस्तार अत्यन्तै सुस्त रहेको जनाउँछ ।

असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड कर्जा प्रवाह भएकोमा मंसिर मसान्तसम्म ४२ खर्ब २३ अर्ब ६४ करोड कायम भएको छ । ५ महिनाको अवधिमा इन्भेस्टमेन्ट बैंकले सबैभन्दा धेरै १० अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ । निक्षेपभन्दा कर्जा विस्तार साँघुरिएपछि बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेको छ । यस्तो अनुपात ८५.९ प्रतिशत कायम भएको छ । उच्च ब्याजदर, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लगायत कारणले बैंकहरूबाट कर्जा लिन सक्ने अवस्था नरहेको उद्योगी व्यवसायीले बताउँदै आएका छन् ।

निक्षेप रकम अर्बमा

बैंक

निक्षेप असार मसान्तसम्म

निक्षेप मंसिर मसान्तसम्म

फरक रकम

कृषि विकास

१६६.७१

१६७.६४

०.९३

बीओके

१११.०३

११२.७१

१.६८

सेन्चुरी

१०१.४०

९४.५७

-६.८३

सिटिजन्स

१५५.१४

१५८.१४

३.००

सिभिल

९६.०४

९५.६४

-०.४०

एभरेस्ट

१७३.४०

१७६.५९

३.१९

ग्लोबल आईएमई

२८६.५६

२९२.०२

५.४६

हिमालयन

१७१.४७

१७६.०१

४.५४

कुमारी

१८२.९६

१७६.५४

-६.४२

लक्ष्मी

१३९.८८

१४३.८१

३.९३

माछापुच्छ्रे

१४८.७०

१४६.८२

-१.८८

मेगा

१५६.४९

१५७.५८

१.०९

नबिल

३२९.५७

३४५.६१

१६.०४

नेपाल

१९७.११

२०५.३५

८.२३

एनसीसी

१४१.४८

१२५.९६

-१५.५२

इन्भेस्टमेन्ट

१८६.२१

१९४.०४

७.८३

एनआईसी एसिया

२९४.९८

३०३.९६

८.९८

एनएमबी

१८६.४०

१८८.०१

१.६१

एसबीआई

११९.६६

१३१.४०

११.७४

प्रभु

१८२.१४

१७५.५८

-६.५६

प्राइम

१६५.३७

१६२.८८

-२.४९

राष्ट्रिय वाणिज्य

२५६.६४

२७७.१५

२०.५१

सानिमा

१५८.८८

१५९.२८

०.४०

सिद्धार्थ

१९६.४८

२०४.४३

७.९५

स्टान्डर्ड चार्टड

१०१.९५

११६.५४

१४.५९

सनराइज

१३४.७९

१३२.३१

-२.४८

कुल

४५४१.४४

४६२०.५५

७९.१२

कर्जा रकम, अर्बमा

बैंक

कर्जा असार मसान्तसम्म

कर्जा मंसिर मसान्तसम्म

फरक रकम

कृषि विकास

१७८.५५

१७८.०४

-०.५१

बीओके

१०६.७२

१०४.८६

-१.८६

सेन्चुरी

९१.४७

८६.२४

-५.२३

सिटिजन्स

१३५.७७

१४०.४१

४.६३

सिभिल

८७.१८

८७.०९

-०.०९

एभरेस्ट

१५४.५५

१५९.४०

४.८५

ग्लोबल आईएमई

२७२.२१

२७२.८२

०.६१

हिमालयन

१५६.४५

१६२.०९

५.६४

कुमारी

१५९.४४

१६१.७३

२.२९

लक्ष्मी

१३२.५७

१३२.७०

०.१३

माछापुच्छ्रे

१२९.६१

१३४.१९

४.५८

मेगा

१५०.०४

१५१.७६

१.७२

नबिल

३०९.०६

३१७.०६

८.००

नेपाल

१८०.८२

१७८.०२

-.८०

एनसीसी

१२६.९३

११७.८५

-९.०८

इन्भेस्टमेन्ट

१६८.१६

१७८.४५

१०.२९

एनआईसी एसिया

२६८.२४

२६७.९४

-०.३०

एनएमबी

१८२.०९

१८८.५४

६.४५

एसबीआई

११०.६९

११९.२३

८.५४

प्रभु

१५०.४१

१५६.४०

५.९९

प्राइम

१५४.९५

१५५.६५

०.७०

राष्ट्रिय वाणिज्य

२२८.६५

२२९.१५

०.५०

सानिमा

१४०.८३

१४५.९६

५.१३

सिद्धार्थ

१८६.०९

१८४.२७

-१.८२

स्टान्डर्ड चार्टड

८९.५९

९१.२६

१.६७

सनराइज

१२३.७७

१२२.५३

-१.२४

कुल

४१७४.८४

४२२३.६४

४८.८०

स्रोत- नेपाल बैंकर्स एसोसिएसन

प्रकाशित : पुस ४, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×