१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

विदेशी मुद्रा सञ्चितिमा सुधार, ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौँ — मुलुकको विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असारको तुलनामा कात्तिक मसान्तसम्म आउँदा विदेशी मुद्रा १ प्रतिशत डलर बराबर वृद्धि भएको हो ।

विदेशी मुद्रा सञ्चितिमा सुधार, ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने

असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबर रहेको सञ्चिति असोज मसान्तमा ९ अर्ब ६३ करोड डलर कायम भएको हो । नेपाली मुद्रामा भने कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थाहरुसँग १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ बराबर छ । हालको आयातलाई हेर्दा यो सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ ।


प्रकाशित : मंसिर २९, २०७९ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?