नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ — अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३२ अंकले घटेको छ । यो सँगै समग्र नेप्से परिसूचक १ हजार ८ सय ८५.३१ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो १.६७ प्रतिशतले कम हो ।

नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

उक्त दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ३१.९७ अंकले ओरालो लागेको हो । सबै उपसमूहका परिसूच घटेपनि सबैभन्दा धेरै बैकिङ उपसमूहको परिसूचक २.३० प्रतिशतले घटेको छ ।

आइतबार २ सय ५३ कम्पनीको १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको ३५ लाख १२ हजार ८ सय ३४ कित्ता सेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा आइतबार कारोबार रकम पनि घटेको हो ।

यद्यपि घट्दो बजारमा पनि केही लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । पछिल्ला महिनाहरुमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उकालो लाग्न थालेपछि सेयर बजार ओरालो लाग्न थालेको हो । यसअघि नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु करिब ३२ सय नजिक पुगेको थियो । त्यस उचाइबाट ओरालो लागेको नेप्से आइतबार १ हजार ८ सय ८५ विन्दुमा ओर्लेको हो । नेप्से परिसूचक निरन्तर रुपमा घटिरहेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण २७ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित : मंसिर २५, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?