२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो 

काठमाडौँ — सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ । 

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो 

६१ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १३ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन ३, जलविद्युत् ८, उत्पादन ३५, निर्जीवन बीमा २७, ब्यापार उपसमूह ६ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १२, जीवन बीमा उपसमूह ०.६ अंक बढे । धौलागिरी लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.८ तथा हिमालयन बैंकको ४ प्रतिशत मूल्य बढ्यो ।

एनएमबी बैंकको सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, रिडी पावर, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर २०, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?