कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्रीलाई भेटेर महासंघले भन्यो- राष्ट्र बैंकले समस्या सम्बोधन गरेन

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले सिंहदरबार पुगी अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा परेको बहुआयामिक असरलाई राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक समीक्षाले समाधान गर्न नसक्ने गुनासो गरेको छ ।

अर्थमन्त्रीलाई भेटेर महासंघले भन्यो- राष्ट्र बैंकले समस्या सम्बोधन गरेन

अर्थमन्त्री शर्मालाई भेटेर महासंघले राष्ट्र बैंकले ल्याएको चालु पुँजी मार्गदर्शन २०७९को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गराउन आग्रह गरेको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले व्यवसायमा जटिलता थपेको, उच्च ब्याजदरले असहजता भएको र अन्तर्राष्ट्रियरुपमा आकासिएको इन्धन तथा कच्चा पदार्थको मूल्यले उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको भन्दै महासंघले शर्माको ध्यानाकर्षण गराएको छ । ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन हुने महासंघले भेटवार्तामा बताएको छ ।

स्थानीय तहमा जाने रकमलाई निश्चित अवधिका लागि निक्षेपमा शत प्रतिशत गणना गर्ने व्यवस्था गर्नुपर्ने, पुँजीगत खर्च हुन नसक्नु मुलुकको पुरानो समस्या रहेकाले खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ । सो अवसरमा अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई सकारात्मक रुपमा लिएको बताए । केन्द्रीय बैंक र निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।


प्रकाशित : मंसिर १८, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?