कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

४२ हजार ९८३ टन मल मौज्दात छ, थप आउँदैछ : कृषि मन्त्रालय

काठमाडौँ — धान लगाउने बेला सधैं मल अभाव हुने गरेका बेला अहिले भने मौज्दातमा रहेको पाइएको छ । सरकारले हाल ४२ हजार ९८३ टन मल मौज्दात रहेको जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार युरिया, डीएपी र पोटास गरी कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ टन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ टन मल मौज्दात छ ।

४२ हजार ९८३ टन मल मौज्दात छ, थप आउँदैछ : कृषि मन्त्रालय

चालु आर्थिक वर्षमा हालसम्म ८६ हजार २४६ टन मल बिक्री भइसकेको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै १५ हजार टन युरिया आयात भइरहेको र केही दिनमै नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३० हजार टन युरिया पुसको पहिलो साता नेपाल आइपुग्नेछ, यो परिमाणको हाल बोरा प्याकिङ भइरहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म २ लाख ५७ हजार टन रासायनिक मल खरिदको लागि टेन्डर आह्वान (जीटूजी समेत) भएकोमा १ लाख १० हजार टन आयात भइसकेको मन्त्रालयको भनाइ छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ ‘टेन्डर भएर आयात हुन बाँकी मल फागुन महिनासम्म नेपाल आइपुग्ने कृषि सामग्री र साल्ट ट्रेडिङले जानकारी दिएका छन् ।’


प्रकाशित : मंसिर १८, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?