कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब नेपालमा

काठमाडौँ — माइक्रोसफ्ट कम्पनीले नेपालमा स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम सुरू गरेको छ । विश्वका २ सयभन्दा बढी देशमा सञ्चालन भइरहेको यस कार्यक्रम स्टार्टअप वा नवउद्यमीलाई प्रवर्द्धन गर्न नेपालमा पनि विस्तार गरिएको माइक्रोसफ्टले जनाएको छ ।

माइक्रोसफ्टको स्टार्टअप्स फाउन्डर्स हब नेपालमा

शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा आयोजना भएको कार्यक्रममा हब सुरु गर्नेबारे माइक्रोसफ्टका लागि बाङ्गलादेश, भुटान र नेपालका कन्ट्री म्यानेजर एमडी युसुप फारूकले जानकारी दिएका थिए । उनले नेपाली स्टार्टअपलाई विश्वस्तरमा पुर्‍याउन फाउन्डर्स हबले सहयोग गर्ने बताए । यसमा आबद्ध हुन स्टार्टअपहरूलाई अनुरोध पनि गरे । माइक्रोसफ्टका पार्टनर सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले स्टार्टअप इकोसिस्टमलाई विकास गर्न फाउन्डर्स हब डिजाइन भएको बताए । माइक्रोफ्टको स्टार्टअप्स फाउन्डर्स हबमा आबद्ध भएका वेद एप र डिजिटल एज नेपालका प्रतिनिधले आफ्ना अनुभव साझा गरेका थिए । उनीहरूले आफ्ना स्टार्टअपको सफलतामा फाउन्डर्स हब कार्यक्रमले सहयोग गरेको बताए ।

स्टार्टअप्स फाउन्डर्स हब कार्यक्रम माइक्रोसफ्टको नयाँ परियोजना हो । स्टार्टअप संस्थापकहरूको आईडियालाई वास्तविक दुनियाँमा ल्याउन सहयोग गर्ने उदेश्यले फाउन्डर्स हबबाट माइक्रोसफ्टले स्टार्टअपलाई डेढ लाख बराबरको एजुरे क्रेडिट, माइक्रोसफ्ट ३६५, गिटहब इन्टरप्राइज, भिजुअल इन्टरप्राइज, लिंक्ड इन क्रेडिट लगायतको सुविधा दिने गरेको छ । हबमा आबद्ध परियोजनाले मेन्टरसीप र विज्ञको सल्लाह सुझाव पाउँछन् । यसमा आबद्ध हुन सफ्वेयरमा आधारित प्रडक्ट तथा सेवा हुनुपर्ने, प्राइभेट र प्रोफिट बिजनेस हुनुपर्नेछ । आईसीटी अवार्डसँगको सहकार्यमा माइक्रोसफ्टले यो कार्यक्रम नेपालमा सुरू गरेको हो ।

प्रकाशित : मंसिर १७, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?