कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ वर्षपछि विराटनगर-ताप्लेजुङ परीक्षण उडान

नियमित उडानको भने टुंगो छैन
आनन्द गौतम

ताप्लेजुङ — नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ । नियमित उडान छोडेको १४ वर्षपछि परीक्षण गरेको हो । स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बुका अनुसार बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो । 

१४ वर्षपछि विराटनगर-ताप्लेजुङ परीक्षण उडान

सिनियर पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान गर्न जिल्लाका नागरिकले माग गर्दै आएका थिए । २०३२ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर–ताप्लेजुङमात्रै उडान हुँदै आएको थियो ।

काठमाडौं–ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगर उडान स्थगित गरेको थियो । बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरक नियमित तालिका भने बनाएको छैन ।

काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित नगरेका कारण यात्रुहरुले गाडीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : मंसिर १५, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?