कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एयर इन्डिया र विस्तारा एयरलाइन्स गाभिने

एजेन्सी

नयाँदिल्ली — भारतका दुई वटा वायु सेवा कम्पनी गाभिने भएका छन् । एयर इन्डिया र विस्तारा एयरलाइन्स गाभिने भएका हुन् । एयर इन्डिया चलाइरहेको टाटा समूहले विस्तारा र एयर इन्डिया गाभिने जानकारी दिएको हो ।

एयर इन्डिया र विस्तारा एयरलाइन्स गाभिने

त्यस्तै विस्तारा चलाउने सिंगापुर एयरलाइन्सले पनि यस सम्झौताअन्तर्गत २५० मिलियन अमेरिकी डलर लगानी गर्ने जनाएको छ । दुई एयरलाइन्स गाभिने प्रक्रिया सन् २०२४ सम्म पूरा हुने बताइएको छ । सम्झौतामा सिंगापुर एयरलाइन्सले एयर इन्डियामा २५.१ प्रतिशत सेयर पाउनेछ ।

गत वर्ष मात्रै ऋणमा डुबेको सरकारी वायु सेवा कम्पनी एयर इन्डियाको १०० प्रतिशत शेयर टाटा समूहले १८ हजार करोड रुपैयाँमा किनेको थियो ।

प्रकाशित : मंसिर १३, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?