कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसीमार्फत् बन्ने प्रसारण लाइनका लागि ठेक्का आह्वान 

काठमाडौँ — अमेरिकाको मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सहयोगमा निर्माण हुने विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्वान भएको छ । एमसीए नेपालले ४ सय केभी क्षमताका प्रसारणलाइन आयोजनाको डिजाइनदेखि जडान तथा परीक्षणसम्मको कार्यका लागि ठेक्का आह्वान गरेको हो ।

एमसीसीमार्फत् बन्ने प्रसारण लाइनका लागि ठेक्का आह्वान 

पहिलो चरणमा लप्सीफेदी–रातमाटेदेखि हेटौंडासम्मको प्रसारणलाइन, दोस्रो चरणमा रातमाटेदेखि दमौलीसम्म र तेस्रो चरणमा दमौलीदेखि बुटवलसम्मको ४ सय केभी प्रसारणलाइनका लागि ठेक्का आह्वान गरिएको छ । ठेक्का लिनेले बुटवलदेखि भारतीय सीमा क्षेत्रसम्मको प्रसारणलाइन निर्माणका लागि पनि प्रस्ताव गर्न सक्ने छन् ।

ठेक्का प्रक्रियामा सहभागी हुन चाहनेले २०२३ मार्च २७ सम्म एमसीए नेपालको कार्यालय दरवारमार्गस्थित याक एण्ड यती कम्प्लेक्समा प्रतिनिधि उपस्थितिसहित आवेदन दिन सक्ने छन् । एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुने अनुमान छ । १० जिल्ला काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर प्रसारणलाइन जानेछ । प्रसारण लाइन करिब ३१५ किमि लामो हुनेछ र ८५६ वटा टावर निर्माण हुनेछ ।


प्रकाशित : मंसिर १२, २०७९ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?