१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सेजन र आईआईडीएसबीच समझदारी

काठमाडौँ — नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आईआईडीएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको भएको छ ।आईआईडीएसको ४४ औं वार्षिकोत्सको अवसरमा राखिएको समारोहमा बिहीबार सेजन अध्यक्ष जनार्दन बराल र आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सेजन र आईआईडीएसबीच समझदारी

आर्थिक पत्रकारको क्षमता विकास, नीतिगत बहस तथा विभिन्न विषयहरूमा गरिने अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्न समझदारी गरिएको हो । कार्यक्रममा आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले सेजनसँगको सहकार्यले अनुसन्धानको काम तथा क्षमता विकासमा महत्वपूर्ण रहने बताए । ‘क्षमता विकास कार्यक्रम, अनुसन्धान काम गर्नको लागि दुई संस्थाबीच सहकार्य गरिनेछ’ गौचनले भने ।

सेजन अध्यक्ष बरालले सेजनले आर्थिक पत्रकारिताको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको बताए । निष्पक्ष र स्वतन्त्र पत्रकारिताको विकासका लागि क्षमतावान पत्रकारको उत्पादन गर्ने उद्देश्य राखेर सेजनले काम गरिरहँदा आईआईडीएससँगको सहकार्यले सेजनको यो उद्देश्यमा सहयोग पुर्‍याउने बताए ।

समझदारीअनुसार दुई संस्थाबीच वित्त, अर्थशास्त्र र विकासका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रमहरूको डिजाइन र कार्यान्वयनमा सहकार्य गर्ने, राष्ट्रिय महत्वका विभिन्न मुद्दाहरूमा सम्मेलन तथा कार्यक्रम गर्न सहकार्य गर्ने, आर्थिक विकासका क्षेत्रमा अनुसन्धानका कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयनर प्रचारप्रसारमा सहकार्य गर्ने एवम् विकासका मुद्दाहरूमा नीतिगत पैरवी गर्ने लगायतका काम गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर १०, २०७९ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?