कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालका ३ स्टल

राजेश मिश्र

नयाँदिल्ली — भारतको दिल्लीस्थित प्रगति मैदानमा भइरहेको अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालले पनि उपस्थिति जनाएको छ । नोभेम्बर १४ देखि सुरु भएको मेलाको ४१ औं संस्करण नोभेम्बर २७ सम्म चल्नेछ । मैदानको ७५ हजार वर्गमिटर क्षेत्र मेलाका लागि 

अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालका ३ स्टल

छुट्याइएको छ । जहाँ भारतका २९ राज्य तथा बाह्य मुलुकका पनि दर्जनौं स्टलहरू छन् । त्यसबाहेक फुड कर्नर, सांस्कृतिक कार्यक्रम तथा ठूला उद्योगहरूले आफ्ना उत्पादन बेच्न स्टलहरू पनि राखेका छन् । दैनिक लाखौंको संख्यामा सर्वसाधारण तथा उद्योगी, व्यापारीले मेलाको अवलोकन गरिरहेका छन् ।

भारतले आयोजना गर्ने अन्तर्राष्ट्रिय मेलाहरूमा यसलाई ठूलो र विशेष महत्त्वको मानिन्छ । विभिन्न मुलुकलाई भारतीय बजारमा आफ्नो उत्पदानको प्रचार र व्यापारको मौका यो मेलाले दिँदै आएको छ । त्यसबाहेक भारतकै एउटा राज्यको उत्पादनलाई अर्को राज्यसम्म पुर्‍याउने उद्देश्यसमेत मेलाले राख्दै आएको छ । कोभिड महामारीका कारण पछिल्ला २ वर्ष मेला आयोजना गरिएको थिएन । सोही कारण यस वर्ष मेलामा भीड बढेको बताइएको छ ।

मेलामा नेपालले २७ वर्गमिटर क्षेत्र भाडामा लिएर ३ वटा स्टल राखेको छ । जसका लागि २१ लाख रुपैयाँ खर्चिइएको छ । ३ वटा स्टलमा ६ व्यवसायीलाई स्थान दिइएको छ । हस्तकलाका सामग्री, उनी कपडा, पस्मिना, रुद्राक्ष, खुकुरी, पत्थरले बनाइएका शृंगार प्रयोजनका सामग्रीहरू लिएर नेपाली व्यापारी मेलामा सहभागी छन् । नेपाल हस्तकला कालिगड संघका अध्यक्ष हरि सेन्चुरी विकले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन मेला उपयोगी देखिएको बताए ।

‘नेपालमा उत्पादन चिनाउने अवसर मेलाले दिए पनि यहाँको बजारअनुसार हाम्रो तयारी नपुगेको जस्तो मैले महशुश गरें,’ उनले कान्तिपुरसँग भने, ‘अझै धेरै तयारीका साथ यहाँ उपस्थित हुनुपर्ने रहेछ । त्यसका लागि नेपालका ठूला उद्योगी व्यसायीहरूको पनि साथ लिएर नेपाली उत्पादनलाई चिनाउने र व्यापार फैलाउने मौकाको सदुपयोग गरिनुपर्छ ।’ उनका अनुसार नेपाली रुद्राक्ष, टोपी, पस्मिना र उनी कपडा खोज्ने ग्राहकहरू प्रशस्तै आएका छन् । मेलाको पहिलो ५ दिन व्यापारीहरूका लागि मात्रै खुला गरिएको थियो । जहाँ सामान हेर्दै व्यापारीहरूले आगामी दिनका लागि सम्बन्ध विस्तार गर्ने र खरिद माग गरेका थिए । आफूहरूले पनि भोलिका दिनका लागि सम्बन्ध विस्तारको मौका पाएको उनले सुनाए ।

मेलामा सहभागिताका लागि व्यापार तथा निकासी केन्द्रले जारी गरेको सूचनापछि १५ व्यवसायीले चासो राखेका थिए । जसमध्ये ६ जनालाई केन्द्रले अवसर दिएको हो । सोम हिमालय हस्तकला केन्द्रका सोम मुडवरीले मेलामा रुद्राक्ष खोजीको सूचीमा रहेको बताए ।

मेला घुम्न पुगेका दिल्लीमै बस्दै आएका रमेश जोशीले भने मेलामा नेपालको उपस्थिति फितलो देखिएको टिप्पणी गरे । ग्राहकलाई नेपाली सामानबारे राम्ररी व्याख्या गर्न सक्ने क्षमता नै बिक्रेतामा नदेखिएको उनको भनाइ छ । ‘नेपालको झन्डामुनि राखिएको स्टलमा न त्यसअनुसारका सामान छन् न त्यसको व्यापार प्रवर्द्धनका लागि मार्केटिङ पोलिसी अपनाइएको देखिन्छ । उपस्थितिका लागि उपस्थिति मात्रै भएको पाइयो,’ उनले भने ।

नेपाली दूतावासका इकोनोमिक काउन्सिलर बद्रि तिवारी नेपालको उत्पदानलाई बजारीकरणमा मद्दत पुर्‍याउन दिल्लीमा बर्सेनि हुने यो मेला धेरै उपयोगी रहेको बताउँछन् । यस अवसरको सदुपयोग नेपालका ठूला अद्यौगिक घरानाहरूले पनि उठाउनुपर्ने उनले बताए । ‘भारतभित्र र बाहिरबाट ठूला–ठूला स्टल तथा ठूलो परिणाममा सामग्रीहरू राखिएका ठाउँमा निश्चय पनि नेपालको उपस्थिति कमजोर देखिनै नै भयो,’ उनले भने ‘तर सानो उपस्थितिले पनि नेपालका केही उत्पादनहरूलाई चिनाउने बजारीकणमा यसले सहयोग भने पुर्‍याएको छ ।’

प्रकाशित : मंसिर ८, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?