कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक एपबाट मतदान केन्द्र र क्रम संख्या थाहा पाउन सकिने

काठमाडौँ — आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदातासम्बन्धि विवरण नागरिक एपमा पनि राखिएको निर्वाचन आयोगले जनाएको छ । एपमा रहेको ‘मतदाता परिचय–पत्र’ अप्सनमा गएर मतदाता परिचय पत्र नम्बर राखेपछि आफ्नो मतदान केन्द्र, क्रम संख्या र मतदान केन्द्रको भूअवस्थिति थाहा पाउन सकिन्छ ।

नागरिक एपबाट मतदान केन्द्र र क्रम संख्या थाहा पाउन सकिने

नागरिक एपमा मतदाता परिचय पत्र लिंक गरी विविध जानकारी प्राप्त गर्न सकिने गरी आयोगले जानकारी दिएको छ । यसका लागि आफ्नो मतदाता परिचय पत्र नम्बर भने थाहा हुनुपर्छ । त्यो थाहा पाउन आयोगको वेबसाइटमा गएर मतदाता नामावलीमा क्लिक गरी प्रदेश, जिल्ला, पालिका, वडा नम्बर छानेर मतदाताले आफ्नो परियच पत्र नम्बर हेर्न मिल्छ।

‘कुन मतदान केन्द्रमा आफ्नो नाम छ र कुन क्रम संख्यामा नाम छ भनेर थाहा पाउन नागरिक एपबाटै खोजी गर्न मिल्ने प्रबन्ध मिलाइएको छ,’ आयोगका सूचना प्रविधि शाखाका कम्प्युटर इन्जिनियर सुरेश बसौलाले भनेका छन्, ‘हामीले दिएका मतदान नामावली मतदान केन्द्रहरूमा प्रिन्ट भर्सनमा गएका हुन्छन् । प्रिन्टमा क्रम संख्या हेरेर आफ्नो विवरण थाहा पाउन समय लाग्न सक्छ । अब नागरिक एपमार्फत कति नम्बरमा आफ्नो नाम छ भनेर सहजै क्रम संख्या हेर्न मिल्छ ।’ सोही एप्लिकेसनबाट मतदाताले आफ्नो मतदान केन्द्रको भूअवस्थिति पनि थाहा पाउन सक्ने बसौलाले बताएका छन् ।

प्रकाशित : मंसिर ३, २०७९ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?