कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवसाय विस्तारमा आक्रामक बन्यो टिकटक

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेषत: डान्स भिडियो र लिप सिङ्गिङका लागि परिचित टिकटक अब भने डिजिटल विज्ञापनको क्षेत्रमा आक्रामक रूपले अघि बढिरहेको छ । अमेरिकी ई–कमर्स बजारमा यसले अमेजनजस्ता साइट र अन्य सोसल मिडिया प्लाटफर्मलाई टक्कर दिन थालेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । 

व्यवसाय विस्तारमा आक्रामक बन्यो टिकटक

अमेरिकामा टिकटक प्रयोगकर्ताले 'टिकटक सप'मार्फत् आफूलाई चाहिएको सामान खरिद गर्न सक्छन् । पहिला बेलायत र दक्षिणपूर्वी एसियाका सातवटा देशमा मात्रै उपलब्ध 'टिकटक सप' फिचर हालै अमेरिकामा पनि विस्तार गरिएको हो । थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स लगायत देशमा टिकटक सपबाट सामान खरिदबिक्री गर्न सकिन्छ ।

टिकटक सञ्चालन गर्ने बाइटडान्स कम्पनीले अमेरिकाका व्यापारीलाई टिकटक सपमा आबद्ध हुन अनुरोध गरिरहेको छ । हाल टिकटकमार्फत् विज्ञापन गरेर वेबसाइटबाट सामान किन्नुपरेता पनि विस्तारै टिकटक प्लाटफर्मबाटै सामान बेच्ने सुविधा सुरु गरिने कम्पनीले जनाएको छ । सपिङ र गेमिङजस्ता आयका स्रोतबाट थप आम्दानी गर्न कम्पनीले गत हप्ता अमेरिकास्थित आफ्ना कर्मचारीहरू हेरफेर गरेको थियो ।

टिकटक सपलाई बलियो बनाउन कम्पनीले प्रयोगकर्ताहरूको रुची र सपिङ कार्डसम्बन्धी डेटा संकलनलाई तिब्र बनाएको जानकारहरूले बताइरहेका छन् । लाइभस्ट्रिम सपिङका सन्दर्भमा चीन अगाडि छ । सामाजिक सञ्जाल प्लाटफर्ममा लाइभ आएर उत्पादन बेच्ने र अफर दिने चलन त्यहाँ व्यापक छ । टिकटकले यस्तै चलन अमेरिकामा विस्तार गर्न खोजेको अनुमान गरिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?