कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

तृप्ति शाही

बैतडी — प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन् ।बैतडीको पाटनमा लोकतान्त्रिक-वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सभापति रहेका देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको बताए ।

पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

उनले भने, ‘भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको छ । यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुनेछ । किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ ।’

यस्तै प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए । यो कामकोालागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले बताए ।

यस्तै उनले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनाइने पनि बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने बजेटमा सुदूरपश्चिमले प्राथमिकता पाउने आश्वासन दिए । पश्चिम सेती र झुलाघाटमा मोटरबेल पुल निर्मााण अगाडि बढाउने उनले बताए ।


प्रकाशित : कार्तिक २३, २०७९ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?