२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, पोहोरभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँसम्म बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष  २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य पोहोरको तुलनामा २१५ रुपैयाँ बढी हो ।

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, पोहोरभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँसम्म बढ्यो

त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो । सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था रहेको बताए । त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उनले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिटै सूचना प्रकाशन गरिनेछ,’ सन्जेलले भने ।

प्रकाशित : कार्तिक २३, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?