२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम आधा घटेको छ । सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ५ करोडमा खुम्चिएको छ । नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ । 

सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा 

५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे । निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे । लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे ।


प्रकाशित : कार्तिक २२, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?