कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९
माइतीघरमा प्रदर्शन

'ब्याजदर चर्को भो, गरिखान गाह्रो भो' [फोटोफिचर]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — माइतीघरमा मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

'ब्याजदर चर्को भो, गरिखान गाह्रो भो' [फोटोफिचर]

बैंकहरुले प्रिमियममा मनपरी गरेको, चर्को ब्याज असुल गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् । विरोध प्रदर्शन गर्नेहरुले ‘मनपरी प्रिमियम बन्द गर्, बैंकिङ आतंक बन्द गर्, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता पर्चा देखाएर शान्तिपूर्ण प्रदर्शन गरे । उद्योगी तथा व्यापारीहरुले पछिल्लो समय ब्याजदर चर्को भन्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।

बैंकहरुले आधार दरमा भएको वृद्धिअनुसार ऋणीलाई पनि ३–३ महिनामा कर्जाको ब्याजदर वृद्धि गर्न सक्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार कात्तिक मसान्तदेखि धेरैजसो बैंकहरुले ऋणीलाई ब्याजदर बढाएका छन् । बैंकहरुको औसत आधार दर नै हाल दोहोरो अंकमा पुगेको छ ।

बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा भने परिवर्तन गर्न पाउँदैनन् । कतिपयले प्रिमियम समेत बढाएको आरोप ब्यापारीहरुको छ । लगानीयोग्य रकमको चरम अभावका कारण वाणिज्य बैंकहरुले आफ्ना व्यक्तिगत मुद्दती निक्षेपकर्तालाई नै वार्षिक १२.१३३ प्रतिशत ब्याज दिने गरेका छन्, जसले गर्दा आधार दर बढ्न गई कर्जाको ब्याजदरमा असर परेको छ । यसअघि अर्थमन्त्रालयले गठन गरेको ब्याजदर सम्बन्धमा सुझाव दिन गठित कार्यदलले ब्याजदरमा हस्तक्षेप गर्न नहुने, लगानीयोग्य रकम बढाउने लगायतका विकल्प अपनाउनुपर्ने सुझाव दिएको थियो ।

प्रकाशित : कार्तिक १८, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?