कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धमाधम मर्मत हुँदै वीरगञ्ज कृषि औजार कारखाना

कान्तिपुर संवाददाता

काठमाडौँ — एक वर्षभित्र १५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ । दुई दशकअघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन सुरु भएको हो ।

धमाधम मर्मत हुँदै वीरगञ्ज कृषि औजार कारखाना

गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात आविष्कार केन्द्रले गत मंगलबारदेखि कारखानाको सरसफाइ र मर्मतसम्भार गर्न थालेको छ ।

वि.सं. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाउनुभएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए । उनले सरकारले आविष्कार

केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताए । कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डेटा संकलन गरेको उनको भनाइ छ । बिजुलीका वायरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको उनले बताए ।

पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताए । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य आविष्कार केन्द्रले राखेको उनले बताए ।

आविष्कार केन्द्रले २/३ वर्षभित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको उनको भनाइ छ । आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने उनले बताए । नाफामा लैजानसके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि सहमति भएको छ ।

प्रकाशित : कार्तिक १८, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×