कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४४

तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

तीन वाणिज्य बैंकको मूल्य ५ प्रतिशतभन्दा धेरै बढ्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।

तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

यस दिन वाणिज्य बैंक २०, फाइनान्स १२, होटल तथा पर्यटन ४२, जीवन बीमा २५, उत्पादन ३०, माइक्रोफाइनान्स १४, निर्जीवन बीमा २३, जलविद्युत् १, अन्य २० र व्यापार उपसमूह २० अंक बढे । विकास बैंक उपसमूह भने १३ अंक घट्यो ।

तीन वाणिज्य बैंकको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढ्यो । एसबीआईको ८.२, एनआईसी एसिया बैंकको ६.८ र एभरेस्टको ५.५ प्रतिशतले मूल्य बढ्यो । सयपत्री हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल, प्रभु बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।


प्रकाशित : कार्तिक १४, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×