कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बैंकहरूको कमसल र खराब कर्जा बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — ऋणीले साँवा, ब्याज समयमै नतिर्दा बैंकहरुको कमसल तथा खराब कर्जा बढेको छ । यस्तो कमसल तथा खराब कर्जालाई निष्क्रिय कर्जा (एनपीएल) भन्ने गरिन्छ । एक वर्षमै कतिपय बैंकको निष्क्रिय कर्जा बढेर दाेब्बरसम्म पुगेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा धेरैको निष्क्रिय कर्जा उच्च दरले बढेको हो ।

बैंकहरूको कमसल र खराब कर्जा बढ्यो

२०७८ असोज मसान्तसम्म कुल कर्जामा बैंकहरुको औसत निष्क्रिय कर्जा १.१४ प्रतिशत रहेकोमा २०७९ असोज मसान्तसम्म १.७६ प्रतिशत पुगेको छ । असोज मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो रकमको औसतमा १.७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।

निष्क्रिय कर्जालाई पनि अवधिअनुसार तीन किसिमले वर्गीकरण गरिएको छ । जसअन्तर्गत कमसल, शंकास्पद र खराब कर्जा पर्दछन् । भाखा नाघेको ३ महिनादेखि ६ महिनासम्म नतिरेको साँवा तथा ब्याजलाई कमसल, ६ महिनादेखि १ वर्ष पुगेमा शंकास्पद र १ वर्ष नाघेमा खराब कर्जा भन्ने गरिएको छ ।

निष्क्रिय कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले भाखा नाघेको अवधिअनुसार नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ । यदि भाखा नाघेको १ वर्ष पूरा भएमा अर्थात् खराब कर्जा भइसकेको अवस्थामा कर्जाको शत प्रतिशत नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । दुई बैंक राष्ट्रिय वाणिज्य र इन्भेस्टमेन्टबाहेक सबैको निष्क्रिय कर्जा समीक्षा अवधिमा बढेको छ । यसले समयमै बैंकलाई तिर्नुपर्ने साँवा तथा ब्याज रकम नतिर्नेहरु बढेको पनि जनाउँछ ।

कुल कर्जामा कुन बैंकको निष्क्रिय कर्जा कति ?

बैंक

एनपीएल, असोज ०७९

एनपीएल, असोज ०७८

एनआईसी एसिया

०.५९

०.४९

ग्लोबल आईएमई

२.१०

१.६२

राष्ट्रिय वाणिज्य

२.४८

३.०१

नबिल

२.३३

१.१३

इन्भेस्टमेन्ट

१.५७

२.२७

सिद्धार्थ बैंक

२.१५

०.५४

प्राइम कमर्सियल

१.८०

०.६२

एभरेस्ट

०.३३

०.१३

हिमालयन

२.३१

०.५८

एनएमबी

१.९०

१.८५

सानिमा

०.९१

०.११

मेगा

१.६२

०.८९

लक्ष्मी

१.७२

०.४९

बीओके

२.४६

०.९२

कृषि विकास

२.३८

२.०८

नेपाल

२.३६

२.००

कुमारी

१.२८

०.८२

एनसीसी

२.४६

१.४८

सनराइज

२.९४

१.१३

स्टान्डर्ड चार्टर्ड

०.७७

०.६७

माछापुच्छ्रे

१.३०

०.५०

सेन्चुरी

१.८८

१.८८

सिटिजन्स

२.८९

१.९१

प्रभु

१.६८

१.६१

एसबीआई

०.३६

०.१७

सिभिल बैंक

१.४१

०.९६



प्रकाशित : कार्तिक ११, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×