कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मोही लागेको जग्गा बाँडफाँट गर्न २०८२ चैतसम्म निवेदन दिन पाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — मोही लागेको जग्गालाई जग्गाधनी र मोही हकवालाले बाँडफाँट गरी लिनका लागि २०८२ चैत मसान्तसम्म निवेदन दिन पाइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८३ असार मसान्तसम्म मोही लागेको जग्गालाई जग्गावाला र मोहीबीच बाँडफाँट गरी कारबाही प्रक्रिया टुङ्ग्याई सक्नु पर्ने राजपत्रमा उल्लेख छ । त्यसका लागि २०८२ चैत मसान्तसम्म आवेदन परेको हुनुपर्नेछ ।

मोही लागेको जग्गा बाँडफाँट गर्न २०८२ चैतसम्म निवेदन दिन पाइने

सरकारले भूमि व्यवस्था ऐनको दफा २६ ग र घ प्रयोजनका लागि मोही लागेको जग्गाको धनी र मोहीले त्यस्तो जग्गा बाँडफाँट गरी लिन निवेदन लिनुपर्ने र त्यस्ता जग्गाको कारबाही टुंगोमा पुर्‍याउन पटकपटक मिति सार्दै आएको छ । यसअघि सरकारले २०७३ भदौ ६, २०७४ कात्तिक २४, २०७५ पुस १६, २०७६ भदौ ३०, २०७७ चैत ९ गते गरी राजपत्रमा पटकपटक सूचना जारी गरिसकेको छ । भूमि ऐनको २६ ग ले जग्गावाला र मोहीले संयूक्त निवेदन दिन सक्ने व्यवस्था गरेको छ भने दफा २६ घ ले जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गर्नुपर्ने व्यवस्था गरेको छ ।

देशभर करिब ३० हजारभन्दा बढी निवेदन कारबाहीकै चरणमा रहेकाे भूमि व्यवस्थापन तथा अभिलेख विभागका एक कर्मचारीले बताए । ‘भूमि सुधार कार्यालयलाई नै अधिकार छ । त्यसैले विभागसँग त्यसको ठ्याक्कै तथ्यांक हुदैन । करिब ३० हजार भन्दा बढी निवेदनको कारबाही टुग्याउन बाँकी छ,’ उनले भने, ‘त्यसबेला पनि पनि निवेदन लिन बन्द भएपछि कार्यालय आएर फर्किने धेरै थिए । त्यसैले यसपालि पनि नयाँ निवेदन आउन सक्छ ।’ यो प्रकारको सूचना जारी गर्ने काम कारबाही नियमित नै रहेकाे उनले बताए ।

प्रकाशित : आश्विन २७, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×