माैसम सुधार नहुँदा सञ्चारविहीन बन्यो हुम्ला

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्ला सञ्चारविहीन भएको छ । जिल्लामा बुधबारदेखि घाम नलाग्दा सदरमुकाम लगायत सबै ग्रामीण बस्तीहरू र जिल्ला बाहिर रहेका अप्टिकल फाइबर तथा रिपिटर टावरमा रहेका सोलार सिस्टमले काम गरेको छैन । सोलार सिस्टमले काम नगरेपछि जिल्लाका ७ वटै गाउँपालिका सञ्चारविहीन भएको हो ।

माैसम सुधार नहुँदा सञ्चारविहीन बन्यो हुम्ला

हुम्लालाई सञ्चारमा जोड्ने माबुलेख र डाँफेलेखको रिपिटर टावरमा वर्षाका कारण समस्या आउँदा जिल्ला नै सञ्चारविहीन भएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् । हुम्लामा शनिबार रातिदेखि नै टेलिफोन सेवा अवरुद्ध भएको हो । हिल्दुम विद्युत् वितरण केन्द्रको नहरमा पहिरो गएपछि सदरमुकाम सिमकोटमा ६ दिनदेखि विद्युत् लाइन अवरुद्ध भएपनि जेनेरेटरबाट सिस्टम संचालन गरिएको थियो ।

तर शनिबार रातिबाट हुम्लालाई जोड्ने रिपिटर टावरमा समस्या आउँदा जिल्लाभरि नै सञ्चारका सबै सेवा (टेलिफोन, मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा) बन्द रहेको नेपाल टेलिकम हुम्लाकी निमित्त प्रमुख रिन्जिन आङमु लामाले बताइन् । जिल्ला सञ्चारविहीन हुदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराउने कार्यमा समेत समस्या भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित : आश्विन २३, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?