कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई वाणिज्य बैंकसहित लाभांश घोषणा गरेका ९ कम्पनीको ‘बुक क्लोज’ हुन बाँकी 

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई वाणिज्य बैंकसहित एक दर्जन बढी कम्पनीहरुले यो आर्थिक वर्षमा दिने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेकामध्ये ९ कम्पनीको बुक क्लोज भइनसकेकाले यी कम्पनीको सेयर खरिद गर्दा अझै पनि लाभांश पाइन्छ ।

दुई वाणिज्य बैंकसहित लाभांश घोषणा गरेका ९ कम्पनीको ‘बुक क्लोज’ हुन बाँकी 

गत आबको नाफाबाट दुई वाणिज्य बैंक कुमारीले १२.५ र सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांशको घोषणा गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ सम्मको संचित नाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश र नेसनल लाइफले १५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आबको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

अरुण काबेलीले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोटलर्स नेपाल तराईले ६० प्रतिशत र बोटलर्स नेपाल बालाजुले २० प्रतिशत नगद लाभांशको घोषणा गरेका छन् । रुरु जलविद्युत् परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यीबाहेक केही कम्पनीले भने लाभांश घोषणा गरी बुक क्लोज समेत गरिसकेका छन् ।


प्रकाशित : आश्विन २१, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?