कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मनी चेञ्जरको नयाँ लाइसेन्स बन्द 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले नयाँ मनी चेञ्जर सञ्चालनको लागि लाइसेन्स दिने कार्य बन्द गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका अन्य स्थानका लागि मनी चेञ्जरको लाइसेन्स दिने कार्य बन्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

मनी चेञ्जरको नयाँ लाइसेन्स बन्द 

एक सूचना जारी गर्दै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि लाइसेन्स प्रदान नगरिने जनाएको हो । मनी चेञ्जरले विदेशी मुद्राको सटही सुविधा प्रदान गर्दछन् । बैंकका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका हकमा भने लाइसेन्सको कार्य खुला रहने छ । विदेश भ्रमणमा जानेले अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ भने कामको सिलसिलामा विदेश जानेका लागि अधिकतम २ सय डलरसम्मको सटही सुविधा छ ।


प्रकाशित : आश्विन १५, २०७९ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×