१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

साउन र भदाैमा मात्रै १ अर्बको जुत्ताचप्पल आयात

गत वर्षको तुलनामा जुत्ताचप्पलको आयात र निर्यात दुवै बढ्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलाे दुई महिनामा १ अर्ब ८ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको जुत्ताचप्पल आयात भएको छ । साउन र भदौ महिनामा ३४ लाख ७० हजार ८३२ जोर जुत्ताचप्पल आयात गरिएको भन्सार विभागकाे तथ्यांक‌ छ । विभिन्न खेलकुदसँग सम्बन्धित ४३ करोड ८३ लाख ५५ हजार रुपैयाँ बराबरकाे ८ लाख ५६ हजार ७९२ जोर जुत्ताचप्पल आयात गरिएको  छ ।

साउन र भदाैमा मात्रै १ अर्बको जुत्ताचप्पल आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ६० लाख ७१ हजार रुपैयाँ बराबरको ८६ हजार ९०६ जोर जुत्ताचप्पल निर्यात भएको थियो । यस्तै खेलकुदसँग सम्बन्धित १३ करोड ६७ लाख ६० हजार रुपैयाँको ३ लाख २४ हजार ४३९ जोर जुत्ता निर्यात भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्षको साउन–भदाैमा ६७ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको ३९ लाख ९० हजार १६५ जोर जुत्ताचप्पल भित्रिएको थियो । यस्तै खेलसँग सम्बन्धित ३८ करोड ५ लाख २६ हजारको ९ लाख ५५ हजार ९४८ जोर जुत्ताचप्पल भित्रिएको छ । गत आर्थिक वर्षको पहिलाे दुई महिनामा १ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको ५३ हजार ७२९ जोर जुत्ताचप्पल निर्यात भएको थियो । यस्तै खेलकुदसँग सम्बन्धित १२ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको ३ लाख ८१ हजार ६०८ जोर निर्यात भएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?