३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दसैं बिदामा निगमको डिपो खुला राख्छौं : आयल निगम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले दसैंको सार्वजनिक बिदामा डिपोहरु खुला राख्ने भएको छ । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले डिपोहरु खुला राख्न लागेको हो । निगमका अनुसार डिपोहरु स्थानीय आवश्यकताको आधारमा खुला हुनेछन् । त्यसका लागि कार्यतालिकासमेत प्रकाशित गरेको छ ।  

दसैं बिदामा निगमको डिपो खुला राख्छौं : आयल निगम

त्यस्तै, इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ । ‘पेट्रोलियम पदार्थको सहजरुपमा बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीयको आवश्यकताअनुसार डिपोहरु खुल्ला राख्ने छौं,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको उपलब्धतामा समस्या देखिए निगममा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



प्रकाशित : आश्विन १३, २०७९ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?