कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकमा बढ्न थाल्यो निक्षेप, २ सातामा ६७ अर्ब थपियो

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

बैंकमा बढ्न थाल्यो निक्षेप, २ सातामा ६७ अर्ब थपियो

त्यसअघिको साता वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । यसरी हेर्दा पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूमा मात्र ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघको तथ्यांक छ ।

हिन्दुहरूको महान चाड दसैं र तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब भत्ता, दसैं बोनसलगायतमा सरकारी खर्च बढेकाले पछिल्ला साताहरूमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार भएको जानकारहरू बताउँछन् ।ँछन् ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

पछिल्ला साताहरूमा निक्षेप आशातित रुपमा बढे पनि कर्जा प्रवाह भने अपेक्षित रुपमा सुधार हुन सकेको छैन । लामो समय देखिको तरलता समस्या समाधान नभएकाले अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेका छन् । यही कारण पनि कर्जा विस्तार कम देखिएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९४ अर्ब रुपैयाँ छ । एक साता अघि (गत भदौ ३१ मा) ती बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७.२१ प्रतिशत छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्छ ।

प्रकाशित : आश्विन ११, २०७९ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?