१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बुटवलमा दसैं सस्तो बजार सुरु

५ देखि २० प्रतिशत छुटमा सामान बिक्री
अमृता अनमोल

बुटवल — बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो । मेलाको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

बुटवलमा दसैं सस्तो बजार सुरु

उनले महँगीले समस्या पारेका बेला यस्ता बजारले उपभोक्तालाई केही राहत हुने विश्वास व्यक्त गरे ।

पाँच दिनसम्म चल्ने दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, चामल, तेल, चिया, कफी, अचार, साबुनलगायत दैनिक उपभोग्य सामान राखिएका छन् । अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका खाद्यान्न बजारमा छन् ।

नेपाल दुग्ध विकास संस्थान (डीडीसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरीलगायतका दुग्धजन्य उत्पादन बिक्री वितरण तथा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको संघका महासचिव बिमलराज भट्टराईले बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?