कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटोमोबाइल्समा अवसर र चुनौती दुवै छन् : अटो व्यवसायी शर्मा

विराटनगर — महाविर अटोमोबाइल्सका प्रबन्ध निर्देशक ओमप्रकाश शर्माले नयाँ व्यवसायीहरुले अटोमोबाइललाई अवसरको रुपमा पहिचान गर्दै यही व्यवसाय छिर्न खोजिरहेको बताएका छन् । 

अटोमोबाइल्समा अवसर र चुनौती दुवै छन् : अटो व्यवसायी शर्मा

कान्तिपुर मिडिया ग्रुपले शनिबार एक नम्बर प्रदेशमा आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रम अन्तर्गत ‘पूर्वको पौरख’ विषयक सत्रमा बोल्दै अटोमोबाइल क्षेत्र राम्रो भएकै कारण सबैको आकर्षण बनेको बताए । ‘यो क्षेत्रमा अवसर र चुनौती दुवै छन्,’ उनले भने, ‘सबै कुरा मिलाएर हिँड्न सके यो क्षेत्रमा राम्रो गर्न सकिन्छ ।’

उनले पूर्वाधारको भने कमी रहेको बताए । उनले गाडी र त्यसमा लाग्ने स्पेयर पार्ट्सहरु बाह्य मुलुकबाट आयात भइरहेकाले नेपालमै उत्पादन गर्न मिल्ने गरी एसेम्बल उद्योग खोल्नु पर्ने बताए ।

‘अहिले गाडी बाहिरबाट आयात गर्नु परेको छ,’ उनले भने, ‘सरकारको नीति सहज भए यहीं गाडी बनाउन सकिने थियो, सजिलो हुने थियो ।’ नयाँ उद्यमीहरु यो क्षेत्रमा छिर्ने प्रयास गरिरहेको तर व्यवसायका लागि जग्गाको अभाव भएको उनको भनाइ छ । ‘यस्तो अवस्थामा सेजको व्यवस्था मिलाउन सके जग्गा किन्दा समस्या हुँदैन थियो,’ उनले भने, ‘यस्ता खालका चुनौतीहरु छन्, त्यसैले उद्योग सञ्चालनमा आइपर्ने समस्या समाधान गर्न सरकारले सहयोग गर्नुपर्छ ।’ यो ठाउँमा अवसरहरु धेरै छन् । ‘अटोमोबाइल क्षेत्र राम्रो छ,’ उनले भने, ‘सबै कुरा मिलाएर अघि बढ्न सके र सरकारको साथ रहे व्यवसायलाई झन बलियो बनाउन सकिन्छ ।’


प्रकाशित : आश्विन ८, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?