कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा सेकेन्ड ह्यान्ड गाडीको मेला

काठमाडौँ — सेकेन्ड ह्यान्ड सवारी किन्न चाहने उपभोक्तालाई लक्ष्य गरेर काठमाडौंमा मेला सुरु भएको छ । होटल अन्नपूर्णमा शुक्रबार सुरु भएको ‘हाम्रो बजार कार्निभल’ आइतबारसम्म चल्नेछ ।

काठमाडौंमा सेकेन्ड ह्यान्ड गाडीको मेला

विभिन्न ब्रान्डका सवारी साधन तथा कम्पनीका डेढ दर्जनभन्दा बढी आधिकारिक बिक्रेता मेलामा सहभागी छन् । यसमा ८ वटा नयाँ कार ब्रान्ड सहभागी छन् । मेलामा २ सयभन्दा बढी सेकेन्ड ह्यान्ड कार बिक्रीका लागि राखिएको आयोजकले जनाएको छ । मेलामा बिक्रीका लागि ल्याइएका त्यस्ता कार ५० वटा भन्दा बढी व्यक्तिगत छन् । त्यस्तै, २० भन्दा बढी रिकन्डिसन हाउसबाट पनि सवारीसाधन बिक्रीका लागि ल्याइएको छ ।

मेलामा सवारी खरिद तथा सोधपुछका लागि आउनेहरुको संख्या शुक्रबार उत्साहजनक रहेको आयोजकले बताएको छ । सेकेन्ड ह्यान्ड सवारी किन्न चाहनेहरुका लागि तत्कालै फाइनान्स गर्न सक्ने सुविधा दिइएको दिइएको छ । खरिद फिर्ता ग्यारेन्टी, सवारीको गुणस्तरको सुनिश्चिततालगायतका सुविधाहरू पनि दिइएको आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?