कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ — बिहिबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ ।नेपाल सुनचादी व्यवसायी महांसघका अनुसार पछिल्लो समय सुनको भाउमा उतारचढाब देखिएको छ । आइतबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा सुनकाे कारोबार भएको थियो । सोमबार ४ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार ४ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुग्यो । बुधबार प्रतितोला ५ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा झर्‍यो ।

बिहीबार फेरि बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, शुक्रबार प्रतितोला १ हजार रुपैयाँ बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी बिहिबार १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?