कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाख्रापालन बिमालेख जारी, किसानको पनि २ लाखसम्मको दुर्घटना बिमा

काठमाडौँ — बिमा समितिले ‘बाख्रा पालन बिमालेख’ जारी गरेको छ । उक्त बिमालेखले अग्नि, हावा, पानी, भूमि, चट्टयाङ, रोग, आकस्कमिक तथा दुर्घटनाजन्य कारणहरूबाट बिमा गरिएका बाख्राको क्षति भएमा त्यसको सुरक्षण हुने बताइएको छ ।

बाख्रापालन बिमालेख जारी, किसानको पनि २ लाखसम्मको दुर्घटना बिमा

यो बिमालेख अन्तर्गत किसानले पनि २ लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन् । बिमालेखमा उल्लेख गरिएको बिमा अवधिभित्र दुर्घटना भएमा किसानले २ लाख रुपैयाँसम्म बिमा भुक्तानी पाइने बताइएको छ ।

आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, निको नहुने गरी हड्डी काम नलाग्ने भएमा, दुबै आँखाको दृष्टि गुमेमा पनि बिमा भुक्तानी पाइने बिमालेखमा उल्लेख छ । दुर्घटना बिमाका लागि बिमितले प्रतिबिमित ५ सय रुपैयाँ बिमा शुल्क तिर्नुपर्नेछ ।

यस्तै, बिमा गरिएको बाख्रा पालिएको ठाउँभन्दा भिन्नै भौगोलिक क्षेत्रमा स्थानान्तरण गर्न परेमा बिमकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था बिमालेखमा छ ।

बाख्राको उमेर अनुसार बिमा शुल्क निर्धारण हुने बिमालेखमा उल्लेख छ । जसअनुसार एक महिनादेखि ३ महिनासम्मको पाठा पाठीको हकमा बिमांक रकमको ७ प्रतिशत, तीन महिना माथिदेखि पाँच वर्षसम्मका बाख्राको हकमा बिमांकको ५ प्रतिशत र पाँच वर्षदेखि ७ वर्षसम्मका बाख्राको हकमा बिमांकको ७ प्रतिशतका दरले बिमाशुल्क तिर्नुपर्ने बिमालेखमा उल्लेख छ ।

बिमालेखमा बाख्राको सामूहिक रुपमा बिमा गर्न सकिने व्यवस्था पनि छ ।

प्रकाशित : आश्विन ५, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?