कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दूध आयात खोलेको भन्दै चितवनका किसान विरोधमा

रमेशकुमार पौडेल

चितवन — सरकारले दूध आयात खोलेको भन्दै दूध उत्पादन गर्ने चितवनका किसानहरूले उक्त निर्णय फिर्ता लिनुपर्ने माग गरेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलबार भरतपुरमा पत्रकार सम्मेलन राखेर दूध आयात खोल्ने सरकारको निर्णयको विरोध गरेको छ ।

दूध आयात खोलेको भन्दै चितवनका किसान विरोधमा

'आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न हामीले केन्द्रीय संघलाई अनुरोध गरेका छौं । केन्द्रले आन्दोलन घोषणा गर्नेमा हामी आशावादी छौं । गरेन भने चितवन नै आन्दोलनमा उत्रन्छ,' संघका जिल्ला अध्यक्ष रत्नमणि न्यौपानेले भने ।

संघका जिल्ला उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले ७५ सालयता रोकिएको आयात सरकारले चार दिनअघि खोल्ने निर्णय गरेको बताए । डेरी उद्योगीलाई भारतबाट दैनिक डेढ लाख लिटर दूध आयात गर्न सरकारले स्वीकृति दिएको उनको भनाइ छ ।

देशको उत्पादनले माग धान्ने अवस्था रहँदा रहँदै आयात खोलेको हुँदा नेपाली किसान मर्कामा पर्ने संघका सचिव किशोर बगालेको भनाइ छ । डेरी उद्योगीहरूले नेपाली किसानबाट उधारोमा किनेको दूधको भुक्तानीसमेत लामो समयदेखि नदिएको उनले बताए । 'नेपाली किसानले उधारोमा दूध दिएका छन् । दसैंका बेलामा पनि भुक्तानी पाउन गाह्रो छ । यस्तो अवस्थामा के देखेर सरकारले दूध आयात खुला गरेको हो ? हामी छक्क परेका छौं,' बगालेले भने ।

प्रकाशित : आश्विन ४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?