कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४७ अंकले बढ्यो नेप्से, डेढ अर्बको कारोबार

काठमाडौँ — अघिल्लो दिनको तुलनामा बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४७ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक २.४५ प्रतिशतले बढेको हो । यो सँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८१.४८ विन्दुमा उक्लेको छ ।

४७ अंकले बढ्यो नेप्से, डेढ अर्बको कारोबार

नेप्सेका अनुसार बुधबार २ सय २७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ४९ रुपैयाँ बराबरको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । मंगलबार ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढे । तीमध्ये फाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?