कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सेयर बजार ८ दिनपछि बढ्यो, सबै सूचकमा वृद्धि 

काठमाडौँ — ८ दिनको अन्तरमा मंगलबार सेयर बजार बढेको छ । भदौ १९ गते सेयर बजारको परिसूचक नेप्से ६ अंक बढेयता निरन्तर घटेको थियो । मंगलबार भने नेप्से परिसूचक २१.३० अंक बढेको हो । सो अंक बढेसँगै नेप्से १९३४ अंकमा कायम भएको छ ।

सेयर बजार ८ दिनपछि बढ्यो, सबै सूचकमा वृद्धि 

कारोबार रकम भने ९२ करोड २५ लाखमा सीमित भएको छ । कुल १७२ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ १०.९, विकास बैंक ६०, फाइनान्स ३४, होटल तथा पर्यटन २९, जलविद्युत् २०, जीवन बीमा ९६, उत्पादन ९०, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा ५८, अन्य १५ र ब्यापार उपसमूह २७ अंक बढे ।

बोटलर्स नेपाल (बालाजु)को मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोलाको ७.७, युनिभर्सल पावरको ४.६ र रिभर फल्स पावरको ४.२ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक, रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अरुणकाबेली र अपी पावर क्रमश: अगाडि रहे ।

प्रकाशित : भाद्र २८, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?