२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

सरकारले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : अध्यक्ष गोल्छा

सन्जु पौडेल

लुम्बिनी — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको विकास र त्यसमा पूर्वाधार निर्माणमा जोड दिएका छन् ।

सरकारले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : अध्यक्ष गोल्छा

औद्योगिक विकासका लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनुपर्ने जनाए । त्यस्तै औद्योगिक क्षेत्रमा उद्योगलाई लिज सम्झौताको समयावधि पनि बढाउनु पर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित ६९औं साधारणसभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस–युक्रेन युद्धलगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको उनले बताए । तर नेपालको अर्थतन्त्र दुर्घटनामा फस्ने खालको नभएको उनको भनाइ थियो ।

अध्यक्ष गोल्छाले बैंकको ब्याजदर सय प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए । उद्योगी व्यवसायीको समस्या समाधानका लागि महासंघले विज्ञसँग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको पनि बताए ।

महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको बताउँदै समस्या समाधानका लागि महासंघले नेतृत्व लिनुपर्ने बताए । उनले निजी क्षत्रको प्रवद्र्धन र विकास हुन सकेन भने देशको अर्थतन्त्र बिग्रिंदै जाने भएकाले समयमै ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : भाद्र २७, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?