२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

सेयर बजार १९२६ अंकमा ओर्लियो, कारोबार ७४ करोडमा सीमित

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रह्यो ।

सेयर बजार १९२६ अंकमा ओर्लियो, कारोबार ७४ करोडमा सीमित

दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटे । अन्य उपसमूह ४ अंक बढ्यो ।

मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : भाद्र २६, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?