२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

२ हजारभन्दा तल झर्‍यो सेयर बजार 

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ३३.३६ अंक घटेर १९८९ अंकमा कायम भएको हो । कुल २ अर्ब ५ करोडको कारोबार भयो । कारोबार खुलेदेखि नै नेप्से निरन्तरजसाे ओरालो लाग्याे ।

२ हजारभन्दा तल झर्‍यो सेयर बजार 

बैंकिङ १०, विकास बैंक ९४, फाइनान्स ६४, होटल तथा पर्यटन ७१, जलविद्युत् ८१, जीवन बीमा ११४, उत्पादन ६३, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा १६५, अन्य १२ र व्यापार उपसमूह ५० अंक घटे । १८२ कम्पनीको मूल्य घट्दा ५ को बढ्यो भने एउटा स्थिर रह्यो । राधि विद्युत्‌को मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणकाबेली, शिवम् सिमेन्ट, अपी पावर, हिमालयन डिस्टिलरी र रिडी पावर क्रमश: अगाडि रहे ।


प्रकाशित : भाद्र १२, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?