कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

सेयर परिसूचक र कारोबारमा सामान्य वृद्धि

काठमाडौँ — बुधबार सेयर कारोबार रकम र परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । कुल १ अर्ब ५२ करोड रुपैयाँको कारोबार भयो । हिजो १ अर्ब ३३ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक २.८ अंक बढेर २०५७ मा कायम भएको छ ।

सेयर परिसूचक र कारोबारमा सामान्य वृद्धि

बैंकिङ २, विकास बैंक ८, होटल तथा पर्यटन ८, जलविद्युत् ११, जीवन बीमा ६३ र माइक्रोफाइनान्स उपसमूह ९ अंक बढे । फाइनान्स ५, उत्पादन ९, निर्जीवन बीमा १५, अन्य ६ र ब्यापार उपसमूह २२ अंक घटे । कुल १०१ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने १३ को स्थिर रह्यो । मन्दाकिनी हाइड्रो र अपर हेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणकाबेली, अपी, रिडी, हिमालयन डिस्टिलरी र नेपाल लाइफ इन्स्योरेन्स क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २९ खर्ब ४८ अर्ब कायम भएको छ ।


प्रकाशित : भाद्र ८, २०७९ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?