कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर कारोबार रकम आधा घट्यो, ५ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ — बुधबार सेयर काराेबार रकम अघिल्लो दिनको तुलनामा झण्डै आधा घटेको छ । मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब ४० करोडमा सीमित भयो । परिसूचक नेप्से झिनो अंक ०.३६  घट्यो ।

सेयर कारोबार रकम आधा घट्यो, ५ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

दिनभर उतारचढाव देखिएको बजारकाे परिसूचक बन्द हुँदा भने स्थिर प्राय: २०४० अंकमा रह्यो । परिसूचक झिनो अंक घट्दा धेरैजसो कम्पनीको मूल्य बढ्यो । १०२ कम्पनीको मूल्य बढ्यो भने १७ को स्थिर र ६९ को घट्यो । बैंकिङ ३, होटल ०.१, जीवन बीमा ४५, अन्य ३ र ब्यापार उपसमूह ३ अंक घटे । निर्जीवन बीमा ३३, लघुवित्त ३, जलविद्युत् १६, विकास बैंक २२ र फाइनान्स उपसमूह ७ अंक बढे ।

५ कम्पनीहरु स्वेतगंगा हाइड्रो, मन्दकिनी हाइड्रो, अपर हेवाखोला, अपर सोलु र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावर र मनकामना स्मार्ट लघुवित्तको मूल्य ५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, नबिल बैंक, आईसीएफसी फाइनान्स र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : भाद्र १, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?