कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व बैंकले दिने १२ अर्ब ७० करोड ऋण स्वीकार्ने सरकारको निर्णय 

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्ले विश्व बैंकबाट १०० मिलियन डलर अर्थात १२ अर्ब ७० करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु आइतबार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।

विश्व बैंकले दिने १२ अर्ब ७० करोड ऋण स्वीकार्ने सरकारको निर्णय 

विश्व बैंकको ऋण रकम नेपालको हरित, उत्पादनशील र समावेशी विकासका लागि खर्च हुने सरकारले जनाएको छ । त्यस्तै सरकारले जापानबाट प्राप्त हुने जापानी यन २२५६ मिलियन अर्थात २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै सबै तहका निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरुका लागि राजपत्रांकित श्रेणिका ५१ वटा पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।


प्रकाशित : श्रावण २९, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?