कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू सहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी छिन् । 

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गरेकी हुन् ।

आफ्नो कार्यकालमा सहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको उनले बताइन् । सहरी विकासमन्त्री हुँदा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण नीतिहरू परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको उनको भनाइ थियो ।

अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने उनले बताइन् । नीतिगत तहमा अनियमिता रोक्नका लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उनको भनाइ थियो ।

‘साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक-पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍यो ।’

प्रकाशित : श्रावण २३, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?