कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस रेमिट प्रालिको लाइसेन्स खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २६ लैनचौर स्थित मुख्य कार्यालय रहेको ‘यस रेमिट प्रालि’को लाइसेन्स खारेज गरेको छ । उक्त कम्पनीले आफै लाइसेन्स खारेजका लागि आवेदन दिएकाले राष्ट्र बैंकले लाइसेन्स खारेज (रद्द) गरेको हो ।

यस रेमिट प्रालिको लाइसेन्स खारेज

सो कम्पनीको लाइसेन्स खारेज गर्नु अघि उक्त कम्पनीसँग कारोबार गरेर लेनदेन बाँकी रहेका व्यक्ति तथा संस्थाहरुलाई सूचना जारी भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदन दिन पनि राष्ट्र बैंकले सूचना जारी गरेको छ । तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा उक्त कम्पनीको रेमिट्यान्स कारोबार गर्ने लाइसेन्स खारेज हुने भएकाले बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?