कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाखा नाघेको सेयर कर्जा नविकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था

कान्तिपुर संवाददाता

काठमाडौँ — मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन प्रकृति) कर्जामा ४ करोड सीमा हटाएर १२ करोड मात्र कायम गरेको राष्ट्र बैंकले त्यस्तो कर्जा नविकरणमा भने कडाइ गरेको छ ।

भाखा नाघेको सेयर कर्जा नविकरण गरे शतप्रतिशत नोक्सानी व्यवस्था

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त ऋण भुक्तानी सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ । यसरी तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

यस्तै, निकै चर्चामा रहेको सेयर धितो कर्जामा ४/१२ करोड रुपैयाँको सीमामा राष्ट्र बैंकले ४ करोड हटाएर १२ करोड रुपैयाँ मात्र कायम गरेको छ । नयाँ व्यवस्थाअनुसार अब सेयर किन्न व्यक्तिले एउटै संस्था वा सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउँछन् । यसअघि एउटा संस्थाबाट बढीमा ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र कर्जा लिनु पाइने व्यवस्था थियो ।

‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।’ २५ लाखसम्मको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत कायम गरिएको छ । त्योभन्दा ठूलो रकमको कर्जामा भने १५० प्रतिशत जोखिम भार छ ।

प्रकाशित : श्रावण २१, २०७९ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?