कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको केन्द्रीय बैंकले पनि बढायो ब्याजदर 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको केन्द्रीय बैंक (आरबीआई)ले रिपो दर ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको छ । माैद्रिक नीतिका सम्बन्धमा छलफल गर्न बसेकाे माेनिटरी पाेलिसी कमिटी बैठकले रिपो दर ४.९ बाट ५.४ प्रतिशत पुर्‍याउने निर्णय गरेकाे हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले महँगी उच्च दरमा रहेको र विदेशी मुद्रा सञ्चिति घटेकाले पनि ब्याजदर बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

भारतको केन्द्रीय बैंकले पनि बढायो ब्याजदर 

आरबीआईले पछिल्लो ४ महिनामा १.४० प्रतिशत बिन्दुले रिपो दर बढाइसकेको छ । यसले भारतमा मुद्दती निक्षेपको ब्याज समेत बढ्ने छ । मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशतसम्म पुग्न सक्ने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । साथै घर तथा व्यक्तिगत कर्जाको ब्याज बढ्न जानेछ । आरबीआईले पोलिसी दर ५.१५ प्रतिशत कायम गरेको छ भने बैंकदर ५.६५ प्रतिशत कायम गरेको छ । विदेशी मुद्रा सञ्चिति हाल ५ खर्ब ७४ अर्ब डलर बराबर रहेको आरबीआईले स्पष्ट पारेको छ । २०२२ को आर्थिक वृद्धि ७‍ दशमलव २ प्रतिशत रहने आरबीआईको प्रक्षेपण छ ।


प्रकाशित : श्रावण २०, २०७९ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?