कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्रबार धितोपत्रको बजार मूल्य ५० अर्ब घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार दुई घण्टा सेयर कारोबार हुँदा बजारकाे कुल पुँजीकरण अर्थात सूचीकृत सम्पूर्ण धितोपत्रको बजार मूल्य थप ५० अर्बले घटेको छ । यस दिन बजारको पुँजीकरण ३० खर्ब १५ अर्बमा झरेको छ । यसअघि बिहीबार पुँजीकरण ३० खर्ब ६५ अर्ब थियो । 

शुक्रबार धितोपत्रको बजार मूल्य ५० अर्ब घट्यो

नेप्से परिसूचक भने ३४.६१ अंक घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २११३ अंकमा कायम भएको छ । कुल २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ २२, विकास बैंक ८६, फाइनान्स ६५, होटल तथा पर्यटन २५, जलविद्युत् ३९, जीवन बीमा ११९, उत्पादन ६७, माइक्रोफाइनान्स ११६, निर्जीवन बीमा ९५, अन्य ९ र ब्यापार उपसमूह ६२ अंक घटे । कुल २१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो । जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.९ प्रतिशत बढ्यो । मैलुङखोलाको सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपी पावर र अरुण काबेली पावर क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण २०, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?